नीलसागर वृद्धाश्रममा वेस्टजोनका विद्यार्थी

 

Image may contain: 13 people, including Sunil Chaudhary, people smiling, people standing and people sittingनेपालगन्ज–वेस्टजोन इंग्लिस मिडियम स्कूल नेपालगन्जको क्रियटिभ स्टुडेन्टस् क्लव र जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीले वृद्धवृद्धालाई फलफूल तथा रुमाल प्रदान गरेका छन् ।
नेपालगन्ज–१३ स्थित नीलसागर वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीले फलफूल तथा रुमाल प्रदान गरेको क्रियटिभ स्टुडेन्टस् क्लवका अध्यक्ष बसन्त बस्नेतले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका शिक्षक सुनिल कुमार थारु र सरिता के सीको पनि उपस्थिति रहेको थियो । –हाम्रो समाचार दैनिकमा प्रकाशित

Image result for educational quotes animated gif

Leave a comment